नेपाल बङ्गलादेश बैंकको नयाँ संचालक समिति चयन गर्दै २७ औं साधारणसभा सम्पन्न-Sutra News

नेपाल बङ्गलादेश बैंकको नयाँ संचालक समिति चयन गर्दै २७ औं साधारणसभा सम्पन्न

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

नेपाल बङ्गलादेश बैंकले आफनो सत्ताइसौं बार्षिक साधारणसभामार्फत नयाँ संचालक समिति चयन गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै बैंकले साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको थियो भने स्वास्थ्य मापदण्ड अपनाई शेयरधनीहरुको उपस्थितिमा निर्वाचन गरी नयाँ संचालक समिति चयन गरेको थियो ।



बैंकका अध्यक्ष ए.आर.एम. नजमुस शकिबको अध्यक्षतामा बसेको सभाले संचालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक बर्ष २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशत लाभांशमा लाग्ने कर समेतका दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो ।

बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको संचालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन भएको हो ।

उक्त निर्वाचनमा संस्थापक समूहबाट ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर तथा श्रीमती क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएको बैंकले जनाएको छ ।

सेवाग्राहीमाझ आफ्नो छुट्टै पहिचान बनाएको नेपाल बङ्गलादेश बैंकको हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएम बुथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट