सानिमा बैंकको ‘प्रायोरिटी’ काउन्टर ललितपुरको कुमारीपाटीमा-Sutra News

सानिमा बैंकको ‘प्रायोरिटी’ काउन्टर ललितपुरको कुमारीपाटीमा

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

सानिमा बैंक लिमिटेडले प्रधानकार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको ‘प्रायोरिटी’ काउन्टर ललितपुरको लगनखेल,कुमारीपाटीमा पनि विस्तार गरेको छ ।



आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदानगर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवाप्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्यामकाजी अवालेले संयुक्त रुपमा गरेका थिए । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवाप्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ शाखा कार्यालय र ९७ वटा एटीएम बुथ संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट