गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो – विष्णु रिमाल-Sutra News

गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो – विष्णु रिमाल

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

नेकपा एमालेका नेता बिष्णु रिमालले गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको बताएका छन् ।



बिहीबार सामाजिक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभामा निर्वाचित भएका एमालेका एक नेतालाई बधाईसमेत दिएका छन् ।

उनले लेखेका छन्,

बधाई

कमरेड सोनाम ग्याल्जेन!

राष्ट्रियसभाको हिजो संपन्न निर्वाचनबाट

अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकियो।

चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक

बधाई

!

एमालेका संपूर्ण प्रतिष्पर्धी उम्मेदवार तथा सहयोगी सबैलाई धन्यवाद !

अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ।

स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्।संबिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन।

सतर्क होऔं

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट