कांग्रेस केन्द्रीय समित बैठक शुक्रबार बस्ने-Sutra News

कांग्रेस केन्द्रीय समित बैठक शुक्रबार बस्ने

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।



शुक्रबार दिउँसो २ बजेपछि भर्चुअल माध्यमबाट बैठक हुनेछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । स्थानीय तहको निर्वाचनको मिति नतोकेको विषयमा कांग्रेस भित्रैबाट सरकारको आलोचना भइरहेको छ ।

सरकार कानुन संशोधन गरेर स्थानीय तह निर्वाचन धकेल्न अग्रसर भएको देखिएपछि देउवा इतर पक्षले त्यसको विरोध गरिरहेको छ । सरकारले हालै कानुनविद्सँग निर्वाचनबारे सुझाव मागेको थियो । कानुनविद्हरूले ऐन संशोधन गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट