सुध्रिन लागेको मौसममा फेरी गढबढ- मौसम विभागले दियो यस्तो चेतावनी-Sutra News

सुध्रिन लागेको मौसममा फेरी गढबढ- मौसम विभागले दियो यस्तो चेतावनी

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज रातीदेखि पर्सिसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।



विभागका अनुसार आज राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

 २०७८ माघ १४ गते  (शुक्रबार) 

दिउँसो : प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाकोर सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ माघ १५ गते  (शनिबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट