गृह मन्त्रालयको उर्दी- नो फोटो, नो भिडियो-Sutra News

गृह मन्त्रालयको उर्दी- नो फोटो, नो भिडियो

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

काठमाडौँ । गृह मन्त्रालयले अनुमतीबिनाका फोटो र भिडियो सामाजिक संजालमा पोष्ट गर्न नपाइने नियम बनाएको छ ।



आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो उर्दी जारी गरेको हो ।

कसैले त्यस्तो काम गरेमा कारबाही हुने पनि मन्त्रालयले जनाएको छ ।

‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न अनुराेध छ’ विज्ञप्तिमा भनिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट