विश्व इतिहासमा आजः जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट-Sutra News

विश्व इतिहासमा आजः जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

सन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।



प्राइड एन्ड प्रेज्युडिस
सन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्यास प्राइड एन्ड प्रेज्युडिस प्रकाशित भएको थियो । यो उपन्यासलाई अंग्रेजी साहित्याको अहिलेसम्मकै लोकप्रिय कृति मानिन्छ । यसको दुई करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

निकोलस सार्कोजीको जन्म दिन
आज फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको जन्म भएको थियो । सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सार्कोजीको जन्म राजधानी पेरिसमा सन् १९५५ को २८ जनवरीमा भएको थियो

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट