राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते-Sutra News

राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा उखु बाेकेकाे ट्याक्टरमा यात्रुबाहक बस ठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ ।



बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । हरिवन-९, सुखेपाेखरीमा बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरमा बसले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय हरिवनले जनाएकाे छ । बाक्लाे हुस्सु र कुहिराेका कारण बस ट्याक्टरमा ठाेक्किएकाे आँकलन गरिएकाे छ।

घाइतेमध्ये एक पुरुष र एक महिलाकाे अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारकाे लागि विरगन्ज रिफर गरिएकाे प्रहरीले जनाएकाे हाे । बस चालक चालकलाई साेधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ । ट्याक्टर चालककाेक पहिचान हुन सकेकाे छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट