रसियाले युक्रेनमा हमला गरे रुसी ग्यास पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी-Sutra News

रसियाले युक्रेनमा हमला गरे रुसी ग्यास पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ । नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरुले बुधबार बताएका थिए ।



रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरुले बताउँदै आएका छन् । र, उनीहरुका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।

रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरु उसको भनाईप्रति शंका गदैै आएका छन् ।

‘म धेरै प्रष्ट हुन चाहन्छु कि रसियाले एक वा अर्को तरिकाले युक्रेनमाथि हमला गरेमा नर्ड स्ट्रिम २ परियोजना अगाडि बढ्ने छैन्,’ विदेशमन्त्रालयका प्रवक्त नेड प्राइसले अमेरिकी प्रसारक एनपीआरसँग भने ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट