प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक-Sutra News

प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

नेपाल बार एसाेसियसनकाे लगातारकाे आन्दाेलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।



यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दैनबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २ बजेका लागि बैठक बाेलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयाेगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजकाे बैठकको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट