चुनावबारे कानुन मन्त्रालयसँग छलफल गर्दै निर्वाचन आयोग-Sutra News

चुनावबारे कानुन मन्त्रालयसँग छलफल गर्दै निर्वाचन आयोग

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानुन मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।



कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानु संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ । त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्तालगायतसँग छलफल गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट