जसले ओली र प्रचण्डबाट पार्टी जोगाए, आज आँफै पार्टीबाट ‘आउट’-Sutra News

जसले ओली र प्रचण्डबाट पार्टी जोगाए, आज आँफै पार्टीबाट ‘आउट’

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निष्कासन गरेको छ।



उनले दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नेपालको संविधानविपरीत दलको अहितमा काम गरेकाले उनलाई कारबाही गरिएको हो ।

कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीले पत्र लेखेर कट्टललाई कारबाही गरेको जानकारी गराए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेकपालाई सर्वोच्चले २०७७ फागुन २३ खारेज गरेको थियो ।

उनका कारण हालका नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्बन्धीत पार्टीमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट