देउवा सरकारबाट ‘आउट’ हुन प्रचण्डलाई दबाब-Sutra News

देउवा सरकारबाट ‘आउट’ हुन प्रचण्डलाई दबाब

बुधबार, १९ माघ २०७८

बुधबार, १९ माघ २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला चर्को दबाबमा परेका छन् । नेपाली काँग्रेससंग सहकार्य गरेर सरकारमा सहभागी भएको माओवादी अहिलेको राजनीतिक अवस्था देखेर झन् दबाबमा परेको हो ।



नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आएको छ । तर नेपाली काँग्रेसको धारणा त्यस्तो छैन । एमसीसी अनुमोदन गराउन देउवाले फोर्स गरिरहेका छन् ।

पुस १८ गते आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको प्रचण्डको प्रस्तावमा भनिएको थियो, ‘एमसीसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रतिकूल रहेकाले यथास्थितिमा पारित गर्नु हुँदैन ।’

प्रचण्डसंग अहिले दुई विकल्प छन् । पहिलो हो, काँग्रेससंग मिलेर खुरुखुरु एमसीसी पास गर्नतर्फ लाग्ने र दोस्रो हो काँग्रेससंग नमिलेर सरकारबाट बाहिरिने ।

पहिलो विकल्पमा जान उनलाई आँफैले गरेको प्रस्तावले अगाडी जान दिंदैन । अर्को विकल्प र दबाब हो सरकारबाट आउट हुने ।

एमसीसी अनुमोदन नभए गठबन्धन धरापमा पर्ने विश्लेषण नेताहरुले गर्दै आइरहेका छन् । एमसीसी पास गर्न देउवाको सक्रियता र माओवादी नेताहरुको अभिव्यक्ति देखेर गठबन्धन धरापमा पर्न लागेको प्रष्ट भएको छ ।

तर नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, देउवा र प्रचण्डले गरेको सल्लाहअनुसार गठबन्धन नफुट्ने र एमसीसी पास पनि हुने तरिकाले अगाडी जाने देखिएको छ । तर यो माओवादीको लागि अल्ली गाह्रो विषय बन्नेछ ।

प्रचण्डले यतिबेला गठबन्धन र आफ्नो प्रस्ताव दुबैलाई मिलाएर अगाडी लैजानुपर्ने स्थिति छ । के गर्ने भन्ने विषयलाई लिएर उनी अहिले तनावमा छन् ।

यता प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उलब्ध गराउन आग्रह गरेका छन् ।

छलफलका क्रममा प्रचण्ड र नेपालले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गरेका हुन् ।

‘एमसिसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने  ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट