तराईमा सिके राउतका कार्यकर्ता निरन्तर सडक आन्दोलनमा, तेल ट्यांकर तोडफोड-Sutra News

तराईमा सिके राउतका कार्यकर्ता निरन्तर सडक आन्दोलनमा, तेल ट्यांकर तोडफोड

बिहिबार, २० माघ २०७८

बिहिबार, २० माघ २०७८

सिरहाको पूर्व-पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।



सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् ।

ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए । किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ । प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट