

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।
देउवा र प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संयुक्तरुपमा माघ १६ गतेभित्र पारित गर्ने पत्र पठाएपछि ३ जना नेताबीच छलफल हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे नेताहरुबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलोचोटी वालुवाटार जान लागेका छन् ।