प्रधानमन्त्री निवासमा देउवा, प्रचण्ड र ओलीको छलफल सुरु-Sutra News

प्रधानमन्त्री निवासमा देउवा, प्रचण्ड र ओलीको छलफल सुरु

आइतबार, २३ माघ २०७८

आइतबार, २३ माघ २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।



अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

भेटवार्तामा सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेलसमेत उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट