दुग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वान, २१ दिनभित्र आवेदन दिनुपर्ने-Sutra News

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वान, २१ दिनभित्र आवेदन दिनुपर्ने

मंगलबार, २५ माघ २०७८

मंगलबार, २५ माघ २०७८

दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पदपूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी उक्त पदको लागि दरखास्त आह्वान गरेको छ ।



कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

साथै उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्तका साथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट