पार्टीबाट अलग हुने निर्णय गर्नु थापाको राजनीतिक जिवनकै लागि दुर्भाग्यपूर्णः राजेन्द्र लिङ्देन-Sutra News

पार्टीबाट अलग हुने निर्णय गर्नु थापाको राजनीतिक जिवनकै लागि दुर्भाग्यपूर्णः राजेन्द्र लिङ्देन

मंगलबार, २५ माघ २०७८

मंगलबार, २५ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गरेपश्चात लिङ्देनले अनपेक्षित र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।



थापाले पार्टीमा पठाएको पत्रको विषयमा शीर्ष तहमा छलफल भईरहेको अबस्थामा समस्या समाधानको उपाय नखोजी एक्कासी अलग हुने निर्णय गर्नु अनपेक्षित र राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटना भएको लिङ्देनले बताए ।

गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट