

रविकुमार पासवानको दुई गोलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा एक-एक गोल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड(१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो ।
खेलको ३७ औं मिनेटमा निरकुमार राईको पासमा रविकुमार पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गोल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गोल गरेका हुन् ।