देउवालाई विदेशमन्त्री डोनाल्ड लुको फोन- एमसीसी पास गर्न किन ढिलाई हो ?-Sutra News

देउवालाई विदेशमन्त्री डोनाल्ड लुको फोन- एमसीसी पास गर्न किन ढिलाई हो ?

बिहिबार, २७ माघ २०७८

बिहिबार, २७ माघ २०७८
deuwaa lu

काठमाडौँ । अहिले नेपालमा एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा छलफल चलिरेहको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यसको पक्षमा देखिएका छन् भने माओवादी केन्द्र विपक्षमा देखिएको छ ।



नेपालमा भएको एमसीसी शृंखलालाई अमेरिकाले चिहाइरहको छ । उसले नजिकबाट नियालिरहेको छ ।

नेपाललाई हेरिरहेको अमेरिकाले आज त झन् प्रधानमन्त्री देउवालाई नै फोन गरेको छ । अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका हुन् ।

बताइएअनुसार देउवा र लुबीच फोनवार्ता भएको हो । सो समयमा लुले देउवालाई एमसीसीलाई किन संसदमा पेश गर्न विलम्ब गरेको भन्दै प्रश्न समेत गरेका थिए ।

त्यस्तै उनले एमसीसी नेपालकै हितमा भएको र तत्काल अनुमोदन गर्नपर्ने समेत देउवालाई दबाब दिएको बुझिएको छ ।

एमसीसीका उपाध्यक्ष फातिमा सुमारले पनि छिट्टै नै एमसीसी पास गर्न आग्रह गरिसकेकी छन् । उनले यो अन्तिम मौका भएको भन्दै यसबारेमा छिटो निर्णय लिन दबाब दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट