टी-२० विश्वकप ग्लोबल छनोट- यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा -Sutra News

टी-२० विश्वकप ग्लोबल छनोट- यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा 

मंगलबार, १० फाल्गुन २०७८

मंगलबार, १० फाल्गुन २०७८

आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।



ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेल जिते नेपाल दोस्रो पटक टी-२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले दुई दुई  जित हात पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट