बालुवाटारमा सत्ता गठबन्धनको बैठक-Sutra News

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

आइतबार, १५ फाल्गुन २०७८

आइतबार, १५ फाल्गुन २०७८

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु भएको हो ।



१० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले आफ्ना पार्टीका नेताहरूसँग बालुवाटारमा आन्तरिक छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट