

चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले आफ्नो स्मार्टफोन भिभो वाई३३एस फाइभजी सार्वजनिक गरेको छ । गत वर्ष भिभो वाई३३ एस फोरजी सार्वजनिक गरेको कम्पनीले त्यसमा केही अपडेट गर्दै फाइभजी सार्वजनिक गरेको हो ।
फोनमा ६० हर्ज रिफ्रेश रेट सहित वाटरड्रप नच भएको ६.५८ इन्च एलसीडी डिस्प्ले उपलब्ध छ । यस पटक फोनमा साइड फेसिङ फिङ्गरप्रिन्ट स्क्यानर सहित फेस अनलक फिचर पनि दिइएको छ ।
डाइमेन्सिटी ७०० चिपसेट सहितको यो फोन ४ जीबी,६ जीबी र ८ जीबी र्यामको भेरियन्टमा आएको छ । जसमा स्टोरेज भने समान १२८ जीबी दिइएको छ । फोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ । यस्तै फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
हाल चिनियाँ बजारका लागि सार्वजनिक भएको यो फोनको चार जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक हजार २९९ चिनियाँ यन (करिब २५००० रुपैयाँ) र ६ जीबी र्याम सहित १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक हजार ३९९ यन (करिब २७००० रुपैयाँ) राखिएको छ । टेकपाना