कांग्रेसको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित-Sutra News

कांग्रेसको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित

शनिबार, २१ फाल्गुन २०७८

शनिबार, २१ फाल्गुन २०७८

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको  छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।



सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो ।  मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे  मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।

नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट