कोरियन भाषा परिक्षाको लागि चैत १४ गतेदेखि आवेदन खुल्ला हुने-Sutra News

कोरियन भाषा परिक्षाको लागि चैत १४ गतेदेखि आवेदन खुल्ला हुने

सोमबार, ३० फाल्गुन २०७८

सोमबार, ३० फाल्गुन २०७८
फोटो इन्टरनेटबाट

दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।



आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । eoers. epsnepal.gov.np मा गएर अनलाइन आवेदन भर्न सकिन्छ । योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।

कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख २०७९ देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरण गरी काठमाडौंमा परीक्षा हुनेछ ।

उत्पादनमुलक क्षेत्रमा जान आवेदन भर्नेहरुको २० असारदेखि १० भदौसम्म पहिलो चरणमा १६ भदौदेखि २१ असोजसम्म दोस्रो चरणमा परीक्षा हुनेछ ।

भाषा परीक्षा पास भएकाहरु सीप परीक्षणमा सहभागी हुनेछन् । कृषि तथा पशुपालनतर्फका आवेदकको सीप परीक्षण २६ वैशाख देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा हुनेछ ।

उत्पादनमुलक क्षेत्रका आवेदकहरुको सीप परीक्षण २० असारदेखि १० भदौसम्म र दोस्रो चरणमा १६ भदौदेखि २१ असोजसम्म सञ्चालन हुनेछ ।

ईपीएस कोरिया शाखाका अनुसार करिब ९ हजार ६५४ जना भाषा परीक्षामा पास हुनेछन् । यसका लागि उत्पादनमुलतर्फ ६ हजार ९१३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ जना उत्तीर्ण हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट