

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अभिनेत्री करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
उनीहरुलाई पार्टी कार्यालयमा एकसमारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउनेछन् ।
एमालेका एक नेताका अनुसार समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।