करिश्मा मानन्धरलाई आएको केपी ओलीको त्यो फोन कल…-Sutra News

करिश्मा मानन्धरलाई आएको केपी ओलीको त्यो फोन कल…

मंगलबार, ८ चैत्र २०७८

मंगलबार, ८ चैत्र २०७८

गत असोज १ राति । अभिनेत्री करिश्मा मानन्धरको मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ?

कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब ओलीले करिश्मा परीक्षा कस्तो भइरहेको छ ? भन्दा उनलाई आफ्नै घरको मुलीले छोराछोरीसँग प्रश्न गरेजस्तो लाग्यो । उनले जवाफ फकाईन्, हजुर ठिक छ सर ।

उनलाई जिज्ञासा लाग्यो तपाई केपी ओली हो ?
ओलीले भने, अ हो विश्वास लागेन् ?
करिश्माले भनिन्, लागेन सर ।
त्यसपछि उनले एउटा डुंगाको कथा सुनाए । त्यसपछि उनी उहाँ ओली नै हो भन्नेमा सतप्रतिशत विश्वस्त भइन् ।

आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन देशकै निवर्तमान प्रधानामन्त्रीबाट फोन आउनु सामान्य कुरा होइन । एउटा सामान्य कलाकारलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ ? स्वास्थ्य अवस्था कस्तो छ ? जस्ता जिज्ञासा राखेपछि करिश्माले ओलीलाई आफ्नो आइडल मान्न थालिन् ।

त्यही फोन कलपछि करिश्मालाई लाग्यो देशको महत्वपूर्ण व्यक्तिले आफ्नो कामलाई हेरिरहेका रहेछन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालबाट उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उनी निष्क्रिय भइन् । उनले आफ्नो पढाइलाई र कलाकारितालाई मात्र अगाडि बढाइरहेकी थिइन् । त्यहीबेला ओलीले फोन गरे । ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो ।

उनले ओलीलाई नजिकबाट नियाल्न थालिन् । उनका भाषण र विचारलाई सुन्न थालिन् । जति जति सुन्दै गइन्, उनलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उनले तारन्तार ओलीबारे र उनीसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थालिन् ।

ओलीको फोनबाट दंग परेकी करिश्माले केहीदिन अगाडि प्रत्यक्ष भेट गरिन् । गत ४ कात्तिकमा ओली निवास बालकोटमै पुगेर भेट गरेकी थिइन् । जसका लागि एमाले नेतृ कोमल वली र हास्यकलाकार जितु नेपालले सहजीकरण गरिदिएका थिए ।

भेटको क्रममा उनले ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयमा कुरा सुन्ने मौका पाइन् । ओलीसँगै बसेर उनको विचार सुनेपछि उनी त ‘वान साइडेड लभर’ जस्तै बनिन् । सबै क्षेत्रमा मानिसहरूलाई उत्तिकै महत्वका साथ लिएको र चासो मानेर सुनेको भन्दै ओलीको प्रश्न गरिन् ।

पछिल्लो समय ओलीलाई नियालिरहेकी करिश्मालाई एमालेप्रति लोभ्याउन ओलीको ‘परीक्षा कस्तो भइरहेको छ ?’ नै प्रमुख थियो ।

मंगलबार उनी एमाले प्रवेश गरेकी छन् । एमाले पार्टी प्रवेश गर्दै उनले ओली र एमालेको प्रशंसा गरिन् । एमाले प्रवेश गर्नुको प्रमुख कारण भनेको, ओलीको व्यक्तित्व नै प्रमुख रहेको प्रष्ट पारिन् ।

पार्टी प्रवेश कार्यक्रममा करिश्माले नेता भनेको पथप्रदर्शक हुने भन्दै ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाएको बताइन् । ओलीको इनर्जी देखेर आफू ताजुब भएकीसमेत बताइन् । एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको पार्टी भएको भन्दै अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने गरेकोसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट