पुष्प मेलाको तेस्रो दिन, लक्ष्यभन्दा बढीको कारोबार -Sutra News

पुष्प मेलाको तेस्रो दिन, लक्ष्यभन्दा बढीको कारोबार 

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् । मेलामा ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ ।



फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए । उक्त दिन २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो ।

चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए । उक्त दिन २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् । र, आज ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

शनिबार भएकाले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप रहेको उनले बताए । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य थियो ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट