चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच होटल मेरियटमा भेटवार्ता-Sutra News

चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच होटल मेरियटमा भेटवार्ता

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका थिए ।



भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् ।

त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट