भुतपूर्व बृटिस गोर्खा सैनिक पनि राप्रपा प्रबेश-Sutra News

भुतपूर्व बृटिस गोर्खा सैनिक पनि राप्रपा प्रबेश

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

बेलायत बसोबास गर्दै आएका भुतपूर्व बृटिस गोर्खा सैनिक सार्जन कृष्ण तुलाचन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा आम नागरिकको मन मस्तिष्क बस्न सफल भएको भन्दै तुलाचन पार्टी प्रवेश गरेका हुन् ।



तुलाचनले पार्टी प्रवेशसँगै आफैले परिकल्पना गरेको हलो चिन्ह र ॐ लेखेको खादा बनाइ नमुना हस्तान्तरण गर्दै एक लाख पिस खादा उपलब्ध गराउने प्रण गरेका छन् ।

त्यसैगरी राप्रपामा आस्था राख्दै भक्तपुर निवासी रघुलाल अग्रवाल पनि पार्टी प्रवेश गरेका छन् । उनले पार्टीलाई सहयोग स्वरुप १ लाख १० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

त्यसैगरी विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु आज पार्टी प्रवेश गर्दै सदस्यता लिएको राप्रपाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट