कुनै द्विविधामा नपरी निर्वाचनमा होमिन कार्यकर्तालाई ओलीको निर्देशन-Sutra News

कुनै द्विविधामा नपरी निर्वाचनमा होमिन कार्यकर्तालाई ओलीको निर्देशन

बुधबार, १६ चैत्र २०७८

बुधबार, १६ चैत्र २०७८

एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् ।



ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उनले निर्देशन दिए ।

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारे । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट