उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ आएका लोसपा अध्यक्ष ठाकुरको कस्तो छ स्वास्थ्य अवस्था ?-Sutra News

उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ आएका लोसपा अध्यक्ष ठाकुरको कस्तो छ स्वास्थ्य अवस्था ?

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।



मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ ।

स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार भैरहवाको भिम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । ठाकुरलाई निमोनिया देखिएको र उपचार जारी रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट