संघीय सरकारले धोका दिए पनि सफलतापूर्वक काम गरें- दिलिपप्रताप खाँण [अन्तर्वार्ता]-Sutra News

संघीय सरकारले धोका दिए पनि सफलतापूर्वक काम गरें- दिलिपप्रताप खाँण [अन्तर्वार्ता]

आइतबार, ४ बैशाख २०७९

आइतबार, ४ बैशाख २०७९

स्याङ्जाको नगरपालिका फेरी पनि उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै पुरस्कृत भएको हो ।



नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ नगरपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०७८’बाट पुरस्कृत गरिएको हो ।

वालिङ नगरपालिकाको समग्र विकाश, अवस्था र विविध कुराहरुको विषयमा सूत्रन्यूजकर्मी दिनेश अर्यालले मेयर दिलिपप्रताप खाँणसंग कुराकानी गरेका छन् ।

वालिङ नगरपालिकाले राम्रो काम गरेको भन्दै अहिलेसम्म २ पटकसम्म पुरस्कृत भइसक्यो । तपाईंले कुन मोडालिटीबाट काम गरेर नगरपालिकालाई देशमै चिनाउन सफल हुनुभयो ?

हामी नगरको गुरुयोजना बनाएर अगाडी बढ्यौं । समग्र नगरपालिकाको , योजना तथा कार्यान्वयन, आर्थिक आयस्रोतजस्ता विषयहरुलाई लिएर काम गर्दै जाँदा केही हदसम्म सफल हुन सकियो । नगरपालिकाले मूल्यांकन गर्दा सेवा प्रवाह, फोहोरमैला व्यवस्थापन, समावेशी कार्यक्रमलगायत प्रगतिका आधारका मूल्यांकनका मापदण्ड रहेकोमा हामीले सोही सूचकहरुमा राम्रो काम गरेका कारण हामी मूल्यांकनमा पर्न सफल भयौं ।

न्यायपालिकाको कार्यविधि बनाएर, विभिन्न टोल-टोलहरुमा लगेर, वार्डस्तरमा मध्यस्थाको व्यवस्था गरेर, मुद्दाको प्रकृति हेरेर त्यसलाई पुनरावेदनमा पठाउनुपर्ने भए त्यहाँ पठाएर एकदमै निष्पक्ष तरिकाले न्याय सम्पादन गर्ने काम गरिएको छ ।

हामीसंग व्यवस्थापिका पनि छ । त्यसले खास गरेर नगरभित्रका नीतिनियमहरु बनाउने त्यस्तै अर्थ विधेयक र विनियोजन विधेयक बनाउने काम गर्यो । साथसाथै हामीसंग भएका २२ वटा अधिकारहरु प्रयोग गरेर, नियमावली कार्यविधि बनाएर अगाडी बढ्यौं । नगरको भिजन र मिसनलाई अगाडी राखेर कामहरु गर्यौ । हामी संघीय सरकारकै मोडालिटीमा काम गर्यौं । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच विशेष छलफल भइराख्छ ।

हामी फोहोरमैला व्यवस्थापनमा अगाडी भएका कारण अघिल्लो वर्ष पनि मुलुकभरकै उत्कृष्ट नगरपालिका बन्न सफल भएका थियौं ।

अहिले त तपाइँले चलाउने सरकारभन्दा माथि प्रदेश सरकार र संघीय सरकार छ । काम गर्दै जाँदा ती दुई सरकारबाट कत्तिको सहयोग पाउनुभयो ?

विकाशका आयोजनाहरुमा प्रदेश र संघीय सरकारबाट ठिकै सहयोग पाइयो । तर संघीय सरकारले दिने भनेको रकम नपाउँदा भनेजति काम भने गर्न सकिएन ।

तपाईंको कार्यकाल सफल कि असफल ?

त्यो छुट्याउने काम जनताहरुको हो । तैपनि समयको दौरानमा काम गर्दै जाँदा कतिपय कामहरु सफल भए कतिपय विभिन्न स्रोत साधनको अभावमा पुरा हुन सकेन होलान् । विशेष गरेर म मेयरमा निर्वाचित भएपछि नगरलाई स्मार्ट सिटीको रुपमा त्यस्तै बनाउने भन्ने योजना थियो ।

संघीय सरकारले दिने भनेको १४२ करोडमा अहिलेसम्म जम्मा ६ करोडमात्र पाउन सफल भयौं ।  बाँकी १३६ करोड ल्याउन सकिएन ।

नगरपालिका विकाश गर्न थुप्रै योजनाहरु थिए, धेरै ठाउँहरुमा विकाश पनि भयो । संघीय सरकारले दिने भनेको सबै रकम दिएन । अप्ठ्याराहरुको बाबजुद काम गर्दागर्दै पनि संघीय सरकारले धोका दिएका कारण म सफल मेयर बन्न सकिन ।

अब मेयरमै उठ्ने कि प्रदेश या संघको चुनाव लड्ने विचार छ ?

पार्टीले मूल्यांकन गरेर दिने कुरा हो । यदि पार्टीले मूल्यांकन गरेर मलाई टिकट दिन्छ भने म संघीय चुनावमा उठ्न तयार छु । देशको अर्थव्यवस्थालाई लक्षित गरेर मैले विभिन्न नियम कानुनहरु बनाएर जनताहरुलाई अझै राहत हुने खालका निर्णयहरु बनाउन सहयोग गरेर मैले केही गर्छु भन्ने लागेको छ । तर त्यो पार्टीको मूल्यांकनको कुरा हो । नेपालको ४९० कानुनमा ३०० कानुनहरु विकाशको लागि अवरोध बनेको छ । कानुन राम्रो नहुँदा विकाश हुन नसकेको कुरा साँचो हो । मा एउटा ल मेकर भएर कानुन सुधार्नुपर्छ जस्तो लागेको छ ।

केन्द्रका नेताहरुले गर्ने भनेको गठबन्धनप्रति तपाइँको धारणा के हो ? काँग्रेस एक्लै लड्न सक्दैन ?

गठबन्धन केही हदसम्म ठिकै हो । तर केन्द्रले लाद्ने काम फिटिक्कै राम्रो होइन । वालिङमा गठबन्धन हुने या नहुने भन्ने विषयमा छलफल भइरहेको छ । के हुन्छ हेर्न बाँकी छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट