स्याङ्जाको भीरकोटमा कांग्रेसबाट युवा उम्मेदवार यामप्रसादको दाबी-Sutra News

स्याङ्जाको भीरकोटमा कांग्रेसबाट युवा उम्मेदवार यामप्रसादको दाबी

बुधबार, ७ बैशाख २०७९

बुधबार, ७ बैशाख २०७९

स्याङ्जाको भीरकोटमा कांग्रेसबाट युवा उम्मेदवार यामप्रसादको दाबी यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य स्थानीय तहमा जस्तै स्याङ्जाको भीरकोटमा पनि चुनावी माहोल तातिएको छ



भीरकोटमा बिशेष गरी नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई चुनावी रौनकले छपक्कै छोपेको देख्न सकिन्छ । यसपटक कांग्रेसबाट भीरकोट नगरपालिकाको मेयरमा कांग्रेसका नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिकारी कांग्रेसका बलिया उम्मेदवार हुन् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भीरकोटको नगर सभापतिमा विजयी अधिकारी २०७४ को स्थानीय निर्वाचनमा भीरकोट ५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । युवा नेता अधिकारी भीरकोटको लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित छन् ।

यसअघि वडाको नेतृत्व सम्हालिसकेका र पार्टीको नगर सभापति समेत बनेका अधिकारीलाई स्याङ्जाका वर्तमान सभापति राजु थापा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, केन्द्रिय उपसभापति धनराज गुरुङ लगायत धेरै नेताहरुको समर्थन छ ।

अधिकारीले भीरकोटमा आफु बलियो रहेको बताईरहे पनि अब भीरकोटको नेतृत्वमा को आउँला भन्ने कौतुहलता धेरैमा रहेको छ । ९ वडा रहेको भीरकोटमा यसपटक २० हजार ७ सय ६९ मतदाता रहेका छन् । अधिकारीसँगै वर्तमान मेयर छायाराम खनाल, तोयानाथ अर्याल, गोविन्द कर्माचार्य लगायतका स्थानीय नेताहरूले टिकटका लागि पार्टी नेतृत्वसँग लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट