काठमाडौं – अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अन्यौलमा देखिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री देउवाले गर्ने भनेको अमेरिका भ्रमण अझै टुंगोमा नपुगेको बताए । शुक्रवार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले सो कुरा गरेका हुन् ।
अमेरिका भ्रमण गर्ने कुरा चल्दै गर्दा एसपीपी बारे विवाद शुरु भएपछि प्रधानमन्त्री देउवाको भ्रमण टुंगो नलागेको हो । यसै कारण खड्काले प्रधानमन्त्री देउवाको भ्रमण टुंगो नलागेको बताएका हुन् ।
उनले एसपीपी लगायत सैन्य सम्झौता हुने आशंकाबीच अमेरिका भ्रमण टुंगो नलागेको र हालसम्म प्रारम्भिक कुराकानी मात्र भएको बताए । समितिले एसपीपीबारे छलफल गर्न आइतबार प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरिएको बतायएको छ ।