पुराना पत्रकार हरिशरण लामिछानेले सामाजीक सञ्जालमार्फत काठमाडौं क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । सञ्चारकर्मी रवी लामाीछानेले आफ्नो राजनीनिक यात्रा घोषण गर्न कार्यक्रम राखेको ठिक एकदनि अघि उनका आफ्नै दाई हरिशरणले पनि उम्मेदवारी घोषणा गरेका हुन् ।
सतहमा आएको चर्चा अनुसार रविले पनि सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गर्दैछन। यसो हुँदा लामिछाने दाजुभाइको एकै क्षेत्रमा राजनैतिक जम्काभेट (इन्काउन्टर) हुनेछ।
हरिशरणले केही दिन अघि नै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका थिए । तर, निर्वाचन क्षेत्र तोकेका थिएनन् । केही स्वतन्त्र उम्मेदवारहरुबीच भएको छलफलपछि आफूले क्षेत्र नम्बर ३ मा लड्ने तय भएको लामिछानेले बताउँछन् ।
यता हरिशरणका आफ्नै भाइ रवि लामिछाने पनि प्रतिनिधिसभाको चुनाव लड्ने गृहकार्य गर्दैगर्दा काठमाडौं क्षेत्र नम्बर ३ मै रुची देखाइरहेका छन् । यदि उनले पनि यही निर्वाचन क्षेत्र रोजे भने दाजुभाईबिच नै टक्कर पर्ने सम्भावना देखिएको छ । यसबाट रवीको राजनीतिक यात्रामा आफ्नै दाजुले काउण्टर दिने सहज अनुमान गर्न सकिन्छ ।
हरिशरणले आज ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं ३ बाट, रन्जु दर्शना काठमाडौं ५, पुकार बम काठमाडौं १ र सुमन सायमी काठमाडौं ८ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन् । विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन् ।
प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन । यसअघि रवीले पनि राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताएका थिए ।
दाई हरिशरणले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै आफू काठमाडौं ३ बाट चुनाव लड्न लागेको बताएसँगै यता रवीले भने आफुले अहील्यै निर्वाचन क्षेत्र नछानेको र दाइले अरू आउलान् भनेर आफ्नै लागि बुक गरिदिनु भएको हुनसक्ने अनुमान लगाएका छन् ।
तर हरिशरणले भाई रवीकाबारेमा खासै प्रतिक्रिया जनाएका छैनन् । भाईसँग केही कुरा त पक्कै भयो होला नी भन्ने सुत्रन्युजको प्रश्नमा– भाईले आफुसँग कुनै सल्लाह नगरेको र उसको भोली हुने कार्यक्रमका आधारमा मात्रै प्रतिक्रिया दिन सक्ने हरिशरणको भनाई रहेको छ ।
भिडियो पनि-