

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ ।
पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गरी कारबाही सिफारिस गर्न छानबिन समितिसमेत गठन गरेको छ ।
माओवादी केन्द्र प्रवक्ता कृष्णबहादुर महराका अनुसार अनुशासन आयोग अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।
तीन सदस्यीय छानबिन समिति गठन
‘पार्टीकै उम्मेदवारलाई निर्वाचनमा हराउने काम भयो, कतिपय केन्द्रीय सदस्यकै विरोधमा कारबाही गर्नुपर्ने माग गर्दै निवेदन परेको छ,’ प्रवक्ता महराले भने, ‘आफ्नै पार्टीका उम्मेदवारलाई हराउने काम गर्ने अन्तर्घातीलाई कारबाही गर्नुपर्ने आवाज पार्टीभित्र उठेकाले समिति गठन गरेका हौं ।’
स्थायी समिति सदस्य गणेश शाह अन्तर्घातीलाई कारबाही नगरिए ‘आगामी निर्वाचनमा समेत नराम्रो प्रभाव पर्ने निश्चित रहेको’ दाबी गर्छन् । स्थानीय कमिटीको माग तथा अनुरोधका आधारमा छानबिन समिति गठन गरिएको बताउ“दै उनले ‘आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउन समितिले गम्भीर अनुसन्धान गर्ने’ उल्लेख गरे । ‘पार्टीभित्रै केही नेताको अराजक गतिविधि बढेकाले छानबिन आवश्यक परेको हो,’ शाह बताउँछन् ।
एमालेको पनि छानबिन समिति
यसअघि, गत १९ असारमा बसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानबिनका लागि तीन सदस्यीय कमिटी गठन गरी अनुसन्धान सुरु गरिसकेको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले स्थानीय कमिटीबाट निवेदन लिएर अनुसन्धान गरिरहेको छ । एमाले सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको थियो ।
एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय निर्वाचनमा भएको अन्तर्घात’bout कमिटीले उजुरी लिने, छानबिन गर्ने, कारबाही सिफारिसलगायत समितिले गर्नेछ ।
एमाले निर्वाचन विभाग प्रमुख एवं उपमहासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख रहेका स्थायी कमिटी सदस्य खगराज अधिकारी कमिटी सदस्य छन् । अधिकारीका अनुसार अहिले प्राप्त विभिन्न निवेदनमाथि अध्ययन गरेर अनुसन्धान भइरहेको छ ।
एमालेले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको थियो । ‘पार्टीको पराजयमा पार्टीकै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको’ एमालेको प्रारम्भिक निष्कर्ष छ ।
विद्यार्थी संगठन समिति
पार्टीनिकट विद्यार्थी संगठनमा देखिएको समस्या समाधानको सुझाव दिनका लागि पनि पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकालसम्मिलित सुझाव समिति गठन भएको छ ।
सो समितिले विद्यार्थी संगठनमा देखिएको पछिल्लो विवादसहित विभिन्न पक्ष’bout अध्ययन गरेर पार्टीलाई सुझाव दिनेछ । सोही आधारमा आगामी स्थायी समिति बैठकले निर्णय गर्ने नेकपा माओवादी प्रवक्ता महरा बताउँछन् ।
यसैगरी, प्रदेश समिति र केन्द्रबीच समन्वय कायम गर्नका लागि बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश इन्चार्ज नेतृत्वमा प्रदेश समन्वय समिति बनाएको हो ।
यो समिति चुनावसम्मका लागि भएको प्रवक्ता महरा बताउ“छन् । समितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी सदस्य रहनेछन् ।
‘निर्वाचनसम्म कायम रहनेगरी प्रदेश समन्वय समिति गठन गरेका छौं,’ महराले भने, ‘प्रदेश समिति इन्चार्जको संयोजकत्वमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सदस्य रहनेगरी समन्वय समिति रहनेछ । समितिले केन्द्र र प्रदेशबीच समन्वय गर्नेछ ।’
प्रदेशमा प्रशिक्षण–भेला
माओवादी केन्द्रले प्रदेशहरूमा प्रशिक्षण तथा भेला गर्ने निर्णय गरेको छ । आगामी १६ साउनबाट सुरु हुने प्रशिक्षण तथा भेला ३ भदौमा सकिनेछ । १८ साउनमा गण्डकी, २० साउन प्रदेश १, २४ साउनमा लुम्बिनी, २८ साउनमा सुदूरपश्चिम, २९ साउन कर्णाली, ३० साउन विशेष, १ भदौ सम्पर्क समन्वय, ३ भदौमा प्रवास भेला हुने माओवादी केन्द्रले जनाएको छ ।
राजधानी दैनिकमा खबर छ