सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने तामाङको निधन-Sutra News

सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने तामाङको निधन

सोमबार, २७ असार २०७९

सोमबार, २७ असार २०७९

सबैभन्दा कम उमेरमा बिश्वको सर्वोच्च शिखर सगरमाथा पुगेर विश्व रेकर्ड कायम गरेका शम्भु तामाङको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बिहीबार बिहान १० बजेर १३ मिनेटमा क्यान्सर अस्पताल हरिसिद्धिमा उपचार्थ अवस्थामा ६७ बर्षिय तामाङको निधन भएको हो ।



आरोही तामाङ बिगत केहीसमय देखि क्यान्स र प्रोस्टेटको समस्याबाट पीडित रहेका थिए । उनले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको शिखरमा पाइला राख्दा उनको उमेर १७ वर्ष ७ महिना १४ दिनको थियो । सिन्धुपाल्चोक जिल्लाको रिस्याङ्गखुमा जन्मिएका तामाङले १४ वर्षकै उमेर देखि इटाली र युरोपका हिमालहरूमा पर्वतारोहण सम्बन्धी तालिम लिएका थिए । नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा विश्वभर किर्तिमान राखेका तामाङ एक वरिष्ठ पर्यटन व्यवसायी, दक्ष आरोही, पर्वतारोहण प्रशिक्षक तथा प्रेरणादायी व्यक्तित्वका रूपमा पर्यटन क्षेत्रमा परिचित व्यक्तित्वकोरूपमा परिचित रहेका थिए । उनकै अवधारण र पहलमा नेपाल पर्वतारोहण संघ स्थापना भएको थियो । स्व. तामाङ सन् १९७३ मा स्थापित नेपाल पर्वतारोहण संघका संस्थापक सदस्य हुन् ।

पर्वतारोहणकै क्रममा स्व. तामाङ सगरमाथा आरोहणद्वारा देशको पहिचान झल्काउने तथा मित्रता बढाउने अभियानको रूपमा सन् १९८८ मा नेपाल–चीन जापान त्रिदेशीय सगरमाथा अभियानका उनी उप–नेता थिए। । नेपाल पर्वतारोहण संघको सल्लाहकार सदस्य रहेका तामाङलाई राज्यले सम्मान स्वरूप सन् २००३ मे ५ मा उनको नाममा एक स्मृति हुलाक टिकट जारी गरेको थियो । पर्वतारोहण संगै सामाजिक कार्यहरूमा पनि सक्रिय रहेका तामाङ सन् १९९२ मा स्थापित तिलगंगा आँखा अस्पतालका संस्थापक सदस्य र पछिल्लो समय कोषाध्यक्ष समेत रहेका थिए ।

विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानबाट विभुषित तामाङ स्वर्गीय राजा वीरेन्द्रबाट पनि सम्मानित भएका थिए । उनी श्रीमती, एक/एक छोरा र छोरीका साथ काठमाडौंको महाराजगञ्जमा बस्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट