

काठमाडौँ । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्नेलाई ५ हजार जरिवाना गराएको छ।
फुटपाथमा निर्माण सामाग्रीहरु राखेका कारण सर्वसाधारणहरुलाई आवतजावत गर्न कठिनाई भएको भन्दै महानगरले सो रकम जरिवाना गराएको हो ।
यसअघि हिजो (मंगलबार) मात्रै काठमाडौंको रातोपुल नजिकैबाट नदीमा फोहोर फाल्ने एक कम्पनीलाई २५ हजार जरिवाना गरेको थियो।
प्रतिक्रिया दिनुहोस्