हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो -Sutra News

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो 

सोमबार, २ साउन २०७९

सोमबार, २ साउन २०७९

खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो । हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राईको पहलमा खुलाइएको हो ।



उपमेयर रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक सुनिल धाँजु लगायतको उपस्थिति रहेको हलेसी महादेव मन्दिरको व्यवस्थापन सम्वन्धी छलफलमा मेयर राईले राखेको प्रस्ताव अनुसार ताला खोलिएको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न ‘कन्भिन्स’ गरेको मेयर राईले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट