एमाले पूर्वसांसदकी पत्नी ठगि मुद्दामा पक्राउ-Sutra News

एमाले पूर्वसांसदकी पत्नी ठगि मुद्दामा पक्राउ

मंगलबार, ३ साउन २०७९

मंगलबार, ३ साउन २०७९

काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङका पत्नी सिर्जना शाक्य (तामाङ) लाई प्रहरीले पक्राउ गरेको छ । उनी एमालेका पूर्व सांसदसमेत हुन् ।



तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनी संस्थामा लेखा समिति सदस्य थिइन् ।सिर्जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो ।

इच्छाराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट