चुनावपछि देशको नेतृत्व माओवादीले गर्छ- प्रचण्ड-Sutra News

चुनावपछि देशको नेतृत्व माओवादीले गर्छ- प्रचण्ड

शुक्रबार, ६ साउन २०७९

शुक्रबार, ६ साउन २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयपछि देश माओवादीले चलाउने दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रचण्डले यस्तो बताएका हुन् ।



उनले आफ्नो पार्टीमा नेता कार्यकर्ता बढ्दै गएका कारण माओवादी एकपटक फेरी पुनर्स्थापित हुने र अब देशको नेतृत्व गर्न माओवादीलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन,’ उनले भने ।

त्यस्तै उनले माओवादी आन्दोलनलाई आफूले कतै कमि आउन नदिनेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट