गुगल कम्पनीका सहसंस्थापककी पत्नीसँग सम्बन्धनमा छन् एलन मस्क ?-Sutra News

गुगल कम्पनीका सहसंस्थापककी पत्नीसँग सम्बन्धनमा छन् एलन मस्क ?

सोमबार, ९ साउन २०७९

सोमबार, ९ साउन २०७९

टेस्ला कम्पनीका मालिक इलोन मस्कले गुगल कम्पनीका सहसंस्थापक सर्गेइ ब्रिनकी पत्नीसँग आफ्नो सम्बन्ध रहेको भन्ने दाबीको खण्डन गरेका छन्।



मस्क र ब्रिनबीचको मित्रता मस्क र निकोल शानहनबीच रहेको कथित सम्बन्धका कारण भङ्ग भएको विवरण वाल स्ट्रीट जर्नलले प्रकाशित गरेपछि मस्कले त्यसबारे टिप्पणी गरेका हुन्।

वाल स्ट्रीट जर्नलले आफ्नो समाचार सामग्रीको लिङ्क ट्विटरमा हालेपछि त्यसमा प्रतिक्रिया दिँदै मस्कले उक्त रिपोर्टलाई “पूर्णतः वाहियात” को सङ्ज्ञा दिएका छन्।

ब्रिनसँग मित्रता कायम रहेको दाबी गर्दै उनले “हिजो राति एउटा पार्टीमा” आफूहरूसँगै भएको लेखेका छन्।

उक्त विषयमा जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले मस्कको शानहनसँग गत वर्षको अन्त्यतिर छोटो सम्बन्ध रहेको जनाएको छ।

उक्त रिपोर्टका अनुसार त्यसैकारण ब्रिनले यो वर्षको सुरुतिर ब्रिनसँग सम्बन्धविच्छेद गर्न आवेदन दिए भने प्रविधिजगत्‌का दुई ठूला हस्तिबीचको लामो मित्रता पनि भङ्ग भयो।

तर मस्कले ट्विटरमा लेखेका छन्ः “मैले तीन वर्षमा निकोललाई जम्मा दुई पटक भेटेको छु, दुवै पटक धेरै मानिसहरू वरपरि भएको ठाउँमा।”

उनका अनुसार ती भेटहरू प्रेमपूर्ण थिएनन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट