अमेरिकासँग देउवाको ठुलै आर्थिक अपेक्षा-Sutra News

अमेरिकासँग देउवाको ठुलै आर्थिक अपेक्षा

शुक्रबार, १३ साउन २०७९

शुक्रबार, १३ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका मैत्रिपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षासमेत गर्नुभएको थियो ।

यसअघि आजै सहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको थियो । बिहिबार साँझ नेपाल भ्रमणमा आउनुभएका सहायक विदेश मन्त्री लुले यस अघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ । यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट