वर्षाले उदयपुरको जनजीवन प्रभावित : यसरि बग्यो ट्रक  -Sutra News

वर्षाले उदयपुरको जनजीवन प्रभावित : यसरि बग्यो ट्रक  

सोमबार, १६ साउन २०७९

सोमबार, १६ साउन २०७९

अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो ।



बाढी आएपछि खोलाकिनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कूतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो ।

त्यसैगरी वर्षाकै कारण कटारी , ४ को बजार क्षेत्र डुबानमा परेको छ । बजारसँगै सिद्धिचरण लोकमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ । स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए ।

दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घरहरू डुबानमा पर्ने गरेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएपछि स्थानीय आक्रोशित भएका छन् । कटारीका जनप्रतिनिधिहरूले समस्या समाधानमा चासो नदिएको बताउँदै उनीहरू नगरपालिका पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट