नारितामा झुट बोलेका प्रचण्डले फुकुओकामा सच्याए बोली-Sutra News

नारितामा झुट बोलेका प्रचण्डले फुकुओकामा सच्याए बोली

शनिबार, २१ साउन २०७९

शनिबार, २१ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बोली सच्याएका छन् ।



जापान भ्रमणमा रहेका प्रचण्डले आज बिहान जापानको एक शहर फुकुओकामा एक कार्यक्रममा बोल्दै जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट नभएको तर विभिन्न संचार माध्यममार्फत कुराकानी मात्र हुने गरेको बताएका हुन् ।

त्यसअघि उनले नारितामा आफूले आबे नेपाल आउँदा २-३ पटकसम्म भेटेको भन्दै झुट बोलेका थिए ।

२ पटकसम्म जापानको प्रधानामन्त्री बनेका आबे नेपाल भ्रमणमा आएका थिएनन् ।

प्रचण्डले झुटो बोलेको भन्दै चौतर्फी आलोचना खेपेपछि आफ्नो बोली सच्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट