सत्ता गठबन्धन- सिट बाँडफाँटको कार्यदल संयोजकमा सिटौला-Sutra News

सत्ता गठबन्धन- सिट बाँडफाँटको कार्यदल संयोजकमा सिटौला

सोमबार, २३ साउन २०७९

सोमबार, २३ साउन २०७९

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका कृष्ण सिटौला चयन भएका छन्।



सोमबार काठमाडौँमा बसेको ११ सदस्य भएको कार्यदलले सिटौलालाई संयोजक चयन गरेको हो ।

बैठकमा स्थानीय चुनावमा जस्तो गठबन्धन नगरेर यसपाली सबैतिर एकैसाथ गठबन्धन अनुसार जाने विषयमा छलफल भएको छ ।

एमालेलाई हराउन गठबन्धनले कुनै पनि कसुर बाँकी नराख्ने तरिकाले रफ्तारमा जाने संकेत गरेको छ ।

तर गठबन्धनमा माओवादी र नेकपा एसले बढी सिट खोजेका कारण सहमति हुन गाह्रो पर्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट