काठमाडौँमा भारी वर्षा, डुबे यी ठाउँहरु-Sutra News

काठमाडौँमा भारी वर्षा, डुबे यी ठाउँहरु

बुधबार, २५ साउन २०७९

बुधबार, २५ साउन २०७९

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।



राती नै प्रहरीले बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार गरेको छ। त्यस्तै भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतका विभिन्न क्षेत्र डुबानमा परेको छ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ। मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन्।

भक्तपुरकै  हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ। नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट