नेपालद्वारा केन्या ५ विकेटले पराजित-Sutra News

नेपालद्वारा केन्या ५ विकेटले पराजित

बिहिबार, ९ भाद्र २०७९

बिहिबार, ९ भाद्र २०७९

घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले केन्यालाई हराएको छ ।



बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको थियो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।

केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट