

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुक्रबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
भोलिसम्म चल्ने बैठकमा ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, संगठानिक विषय लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका विषय टुङ्गो लगाउनेछ ।
उनले पेस गरेको प्रतिवेदनमा गठबन्धनलाई बाँडीचुँडी खाने सत्ता स्वार्थको रुपमा हेरेको बताएका छन् । बैठकमा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताए । मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने पनि उनले बताए । उनले चुनावमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन पनि दिए ।
उनले भने ‘जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढङ्गले दुष्प्रभावित गर्लान् कि भनेर त्यसका निम्ति ध्यान दिने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।
राजनीतिक प्रतिवेदन यस्तो छ –